“१ रुपैयाँ” स्किमका नियम र शर्तहरु
serial number | |
---|---|
१ | यस स्किम अन्तर्गत खरिद गरेको स्कूटर साधारण प्रयोग भएको हुनु पर्ने छ । Racing, Rally जस्ता प्रतिष्पर्धात्मक खेलमा वा Pathao ड्राइभर वा त्यस्तै अन्य भाडामा प्रयोग भएको हुन् हुदैन। असामान्य कच्ची बाटो वा नागरीक यातायातको लागी स्विकृती प्राप्त नभएको बाटोमा प्रयोग भएको पाइएमा यो स्किम लागु हुने छैन। साथै दुर्घटना भई क्षति भएको अवस्थामा यो स्किम लागु हुने छैन । |
२ | क्षमता भन्दा बढी तौल राखी यात्रा गरेमा वा सामान ढुवानी गरी यात्रा गरेको कारण बिग्रिएमा यो स्किम लागु हुने छैन। |
३ | खराव तथा मिसावट भएको, फोहर इन्धन प्रयोग गरी भएका क्षतिहरु, कम्पनीले तोकेको भन्दा फरक ग्रेड तथा तापकमको इन्जिन आयल प्रयोग गरी भएका क्षतिहरु जस्तै Valve बाङ्गिने, Overflow हुने, धुवा फाल्ने, ईन्जिन सिज हुने लगाएतका क्षतिहरुमा यो स्किम लागु हुने छैन । |
४ | रङ्ग गरिएका पार्ट्स्हरु जस्तै ट्यांकी, टप, साइड प्यानल, साईलेन्सर कभर लगाएतका बाहिरी पार्टसहरुमा अम्ल बर्षा जस्ता खराव मौसमको कारण हुने क्षति रसायनयुक्त पानीले धुँदा हुने क्षति, मानव, जनावर वा चराहरुको मल मूत्रको कारण यदि क्षति भएको छ भने यो स्किम लागु हुने छैन । |
५ | विशेष गरी Alloy Wheel खराब सडक मा चलाउदा अचानक खाल्डोमा पर्दा वा ढुङ्गा जस्तो कुनै वस्तुमा ठोकिदा बाङ्गो हुने र कहिले काही चर्किने हुन्छ यो चालक र सडक संग सम्बन्धित क्षति हो । त्यसैले, Alloy Wheel बाङ्गनि, चर्किने लगाएतमा यो स्किम लागु हुने छैन । |
६ | यदि टायर भित्र Tubeless गर्ने रसायन हालेको अवस्थामा टायर फुल्ने वा चर्किने समस्या देखिएमा यो स्किम लागु हुने छैन । |
७ | यो स्किम प्राप्त गर्नको लागी समय तथा कि.मि. मा होण्डाको आधिकारिक डिलर वा सर्भिस् सेन्टरमा नै सर्भिस् गरेको रेकर्ड पेश गर्न पर्ने छ। कुनै पनि सर्भिस् गर्न छुटेको वा अनाधीकृत वर्कशपमा सर्भिस् गरेको अवस्थामा यो स्किम स्वत: खारेज हुनेछ । |
८ | Front Fork Pipe (अगाडिको सक पाईप) : सक पाईपमा लामो धर्सा भई कोरिएको खण्डमा यो स्किम लागु हुनेछ तर रड बाङ्गो भएको, बालुवा/हिलोको कारणले कोरिएको अवस्थामा यो स्किम लागु हुने छैन । |
९ | Head/Side light Assy (बत्तीको सेट) : बाहिरको लेन्स् र पछाडिको रिफ्लेक्टर जोडिएको बिच भागबाट पानी पसेको खण्डमा यो स्किम लागु हुने छ। तर बल्ब रहने स्थानको होल्डर तथा सो को कभर नमिल्ने गरी फिटिङ्ग गरिएको कारणले पानी पसेको खण्डमा यो स्किम लागु हुने छैन। होण्डाले दिएको २ वर्ष वारेन्टि अर्न्तगत कुनै पनि पार्टस फेनु पर्ने वा मर्मत गर्न पर्ने देखिएमा वारेन्टि निति अर्न्तगत नै फेर्ने वा मर्मत गरि ठिक गरिनेछ । |
१० | Ignition Key Set (साचो सेट) : भित्री पुर्जाहरुको कारण Handle Lock वा राम्रोसंग On/Off नहुने तथा गुड्दा गुड्दै Start Off हुने समस्या भएको खण्डमा यो स्किम लागु हुने छ। तर बाहिरी Damage भएको वा केही वस्तुहरु भित्र छिराईएको कारणले समस्या उत्पन्न भएको हुनुहुदैन साथै Handle Lockको अवस्थामा जवरजस्ती गरिएको हुनुहुदैन। (Ignition Key set मा अरु Lubricant र इन्जिन आयल प्रयोग नगर्नु होला र यदि सो हालेको भेटिएमा यो स्किम लागु हुने छैन।) |
११ | Switch Set (स्विचहरु) : सही प्रयोग तथा पिरियोडिक मेन्टेनेन्सको बावजुद भित्रको पर्जाहरु बिग्रीएको, कारण स्विचहरुले काम नगरेमा यो स्किम लागु हुनेछ तर लापरवाही पूर्वक प्रयोग गरिएमा, खोली सफा गरिएमा, बढी ग्रीजिङ्ग/ओईलिङ्ग गरिएमा, पानी पसी सर्ट भएको खण्डमा यो स्किम लागु हुने छैन । |
१२ | Self Mag/Self Magnet Switch (सेल्फ कटर) : प्रयोग गरिएको छौटो अवधिमा नै ट्याक ट्याक आवाज आई सेल्फ स्टार्ट नहुने, कुनै प्रतिकिया नै नदेखाउने, कहिले सेल्फ हुने कहिले नहुने समस्या भई बिग्रिएको खण्डमा यो स्किम लागु हुने छ। तर लापरवाही पूर्वक प्रयोग गरिएको, पानी पसी सर्ट भएको खण्डमा यो स्किम लागु हुने छैन । |
१३ | Cylinder/Piston Rings (सिलिण्डर, रिङ्ग तथा पिस्टन) : ईन्जिन आयल खाई सेतो धुवा फ्याकेको अवस्थामा, सिलिण्डरको बिच भागबाट लिकेज भएमा, ठाडो धर्सो भई कोरिएकोमा यो स्किम लागु हुने छ। तर समय तालिका अनुसारको सर्भिसिङ्ग Honda को Authorized Service Center मा नै गरेको तथा होण्डाको स्पेक अनुसारको ईन्जिन आयल प्रयोग गरिएको हुनुपर्नेछ । |
१४ | Gear Bearing (गियर दाँती/वेरिङ्गहरु) : ईन्जिन भित्रको कुनैपनि गियर दाँती वा बेरीङ्गको समस्या भएमा यो स्किम लाग हुने छ । तर समय तालिका अनुसारको सर्भिसिङ्ग Honda को Authorized Service Center मा नै गरेको हुन् पर्नेछ र होण्डाको स्पेक अनुसारको ईन्जिन आयल प्रयोग गरिएको हुन् पर्नेछ । |
१५ | Battery खरिद गरेको ३ वर्ष वा ३०,००० कि.मि भित्र ब्याटी खराब भएमा चार्ज गरेर हेर्ने २/३ पटक सम्म गर्दा पनि चार्ज नबस्ने भएमा ब्याट्री फेर्न सकिने छ । तर पोल damage गरेको वा बाहीरी क्षती भई ब्याट्री बिग्रेको पाइएमा यो स्किम लागु हुने छैन । |
१६ | बाहिरी कुनै कारण बिनानै सर्भिस्॒ लिमिट अघिनै खिईने, बिग्रने, अनौठो प्रकारको आवाज दिने, कुनै निश्चित समय/अवस्थामा मात्र समस्या देखाउने, पेन्ट गरिएको पार्टस् डिस्कलर हुने, फोका उठेर उप्किने, व्हिल रिमको बिच भागबाट हावा लिकेज हुने जस्ता समस्या आएमा अवस्था हेरी यो स्किम लागु हुनेछ। तर समय तालिका अनुसारको सर्भिसिङ्ग Honda को Authorized Service Center मा नै गरेको History Card सहित आवश्यक जानकारी यस डिभिजनमा पेश गरी अग्रिम स्विकृत लिनुपर्नेछ । |
१७ | आवधिक मेन्टिनेन्स पार्टसहरु तोकिएको कि.मि परा भई ग्राहकले माग गर्न आएको खण्डमा कम्पनिले तोके अनुसार यो स्किम दिइने छ । GRAZIA BSIV GRAZIA BSVI AIR FILTER - 12,000 K.M 18,000 K.M SPARK PLUG - 8,000 K.M 12,000 K.M DRIVE BELT - 24,000 KM 24,000 K.M |
१८ | इन्जिन आयलको हकमा कम्पनिले तोकिए अनुसार GRAZIA BSIV मा हरेक ४,००० कि.मि वा ६ महिना मा र GRAZIA BSVI मा हरेक ६,००० कि.मि वा ६ महिनामा मात्र बदलि गर्न पर्नेछ ,समय भन्दा अघि इन्जिन आयल घटेको भेटिएमा थप गर्न सकिने छ । |
१९ | BRAKE SHOE तथा BRAKE PAD को हकमा सर्भिस लिमिट इन्डिकेटर हेरि आवश्यक परेमा बदली गर्न सकिने छ तर प्रमाण स्वरुप सर्भिस इन्डिके्टरको फोटो खिचि प्रमाण पेस गर्ने जिम्मेवारी सम्बन्धित डिलर/वर्कशर्पको हुनेछु । |
२० | FR SHOKER OIL.को हकमा कम्पनिले तोकिएको कि.मि मा बदली गर्न सकिने छ। |
२१ | टायर ,सिट कभर कन्ट्रोल केबलहरुमा यो स्किम लागु हुने छैन । |
२२ | आवधिक सर्भिस तथा मर्मतको हकमा वकशर्प म्यानयल मा उल्लेख भए अन॒सार BSIV मोडेलमा हरेक ४,००० कि.मि वा ६ -६ महिनामा तथा BSVI मोडेलमा ६००० कि.मि वा ६ -६ महिनामा सभिसिंग गर्ने र सोको सर्भिस चार्ज ग्राहकलाई नलिने र स्याकारलाई क्लेम गर्नु पर्नेछ । |
२३ | BRAKE FLUID को हकमा २ वर्षमा १ पटक वा घटेमा थप गर्न सकिने छ । |
२४ | TRANSMISSION GEAR OIL को हकमा खरिद गरिएको मितिबाट २ वर्ष वा २४,००० कि.मि मा बदली गर्न सकिने छ । |