Covid-19 Honda Bike Operation Guidelines

विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना प्रकोपको कारण लकडाउन खुलेपछी पनि हाम्रो दैनिकी सहज हुन धेरै समय लाग्ने भएकोले हामी सबैले दैनिक कृयाकलापहरु सतर्क र सुरक्षित ढङ्गले संचालन गर्नुपर्ने हुन्छ। त्यसैले आफ्नो होण्डा सर्भिसिङ्ग तथा मर्मत कार्य वा होण्डा शोरुममा आउनु परेमा कृपया अग्रीम अपोइन्टमेन्ट लिइ आफ्नो पालो आएपछि मात्र आउनुहुन सम्पूर्ण ग्राहक महानुभावहरुमा होण्डा नेपाल अनुरोध गर्दछ।
होण्डा नेपालको शोरूम र वर्कशपमा लिइने सुरक्षा उपायहरु

सबै शोरुम तथा शोरुममा प्रयोग हुने उपकरणहरु तथा वर्कशपको क्षेत्र डिसइन्फेक्ट वा स्यानिटाइज गरिने।

डिस्प्ले गर्न राखिएको सवारी साधनहरु हरेक २-३ घण्टाको अन्तरालमा डिसइन्फेक्ट गरिने ।

सबै कर्मचारीहरुको तापक्रम जाँच गरिने र हात धोएर मात्र प्रवेश गराइने।

होण्डा शोरूम तथा कार्यलय भित्र सोसियल डिस्त्यान्सिङ अभ्यास गराइने।

कार्य क्षेत्रमा कर्मचारीहरुले मास्क र पन्जा लगाउन अनिवार्य गरिने र हरेक दिन परिवर्तन गरिने ।

कर्मचारीहरुले हरेक ३० मिनेटको अन्तरालमा साबुन पानीले हात धुनु पर्ने ।
ग्राहक बिहिन पाल्नु हुँदा लिइने सुरक्षा उपायहरु

प्रवेश गर्नु अगाडि ग्राहक बिहिनको तापक्रम जाँच गरिने।

अनिवार्य रुपमा हातहरु स्यानिटाइज गराइने ।

ग्राहकको अनुमती लिएर प्रवेशद्वारमा बाइकको ह्यन्डल बार, सिट स्यानिटाइज गरिने ।

होण्डा शोरूम, लाउन्ज तथा रिसेप्सनमा हरेक व्यक्ति बीच १-२ मिटरको दूरी कायम गराइने ।

सर्विसिङ तथा मरमत कार्य पछी पनि सवारी साधन डिसइन्फेक्ट गरिने ।

ग्राहकलाई सिगनेचर गर्न लगाउदा पेनलाई स्यानिटाइज गरिने ।
सर्विसिङ तथा मरमत कार्य वा होण्डा शोरूममा पाल्नु हुँदा गर्नुपर्ने प्रक्रियाहरु

अपोइन्टमेन्ट बुकिङ
कल मार्फत अपोइन्टमेन्ट बुक गर्नुहोस् ।

बुकिंग पुष्टि
समय र मिति उपलब्धता अनुसार बुकिंग पुष्टि गर्नुहोस् ।

तापक्रम जाँच
१००.४०°F भन्दा बढी तापक्रम पाइएमा वा रुघाखोकिको लक्षण देखिएमा प्रवेश नगराइने ।

स्यानिटाइजेसन प्रक्रिया
साबुन पानीले हात धुने तथा स्यानिटाइज गर्ने व्यवस्था हुने ।

डिसइन्फेक्ट
ग्राहक बिहिनको प्रवेशद्वारमा सवारी साधन डिसइन्फेक्ट गरिने ।

माक्सको प्रयोग
ग्राहक बिहिनले अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने ।

सोसियल डिस्त्यान्सिङ
होण्डा शोरूम तथा कार्यलय भित्र हरेक व्यक्ति बीच १-२ मिटरको दूरी कायम गराइने।

डेलिभरी
सर्विसिङ र मरमत कार्य पछी तथा शोरुममा डेलिभरी गर्दा सवारी साधन डिसइन्फेक्ट गरिने ।